जनता टाइम्स

२६ आश्विन २०७९, बुधबार १९:४७

चलचित्र निर्माता मनोज पण्डितलाई ‘डोजर’ चुनाव चिन्ह


काठमाडौं, २६ असोज । चलचित्र निर्माता मनोज पण्डितलाई डोजर चुनाव चिन्ह मिलेको छ । काभ्रेपलाञ्चोक २ मा गोकुल बास्कोटाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पण्डितले डोजर चुनाव चिन्ह पाएका हुन् ।

काठमाडौंमा बालेन्द्र शाहले डोजर चलाइरहेका बेला आफूले यही चुनाव चिन्ह पाएको भन्दै पण्डितले खुसी व्यक्त गर्नुभएको छ ।

‘सांसद भएपछि मैले देशको सीमा अतिक्रमण भएका ठाउँमा बुलडोजर चलाउने हो,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।