जनता टाइम्स

१६ श्रावण २०७६, बिहीबार १८:३०

सासू बलात्कारको अभियोगमा ज्वाईं पक्राउ


सल्यान, साउन १६ । सल्यानको कपुरकोट गाउँपालिकाबाट सासू बलात्कारको अभियोगमा ज्वाईं पक्राउ परेका छन । प्रहरीका अनुसार ५२ वर्षीया जेठी सासूलाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय ज्वाईं पक्राउ परेका हुन । इप्रका लुहामका प्रमुख नरबहादुर खड्काका अनुसार कपुरकोट गाउँपालिका ५ रीम निवासी बोल्न नसक्ने जेठी सासूलाई घरमा कोही नभएको मौका पारी बलात्कार गरेको आरोपमा ज्वाईंलाई बुधबार पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार मंगलबार दिउँसो घरमा कोही नभएको मौका छोपी ज्वाईंले जेठी सासूमाथि बलात्कार गरेका थिए । बलात्कार गरेको गाउँका महिलाले देखेपछि पीडितका आफन्तलाई खबर गरेका थिए । पीडितको स्वास्थ्य परीक्षण गरी सो घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।