जनता टाइम्स

१७ श्रावण २०७६, शुक्रबार १०:२६

नेवार समुदायले गुँला पर्व मनाइदै


काठमाडौं, साउन १७

नेपाल सम्वतको नवौं महिनामा नेवार समुदायले मनाउने गुँला पर्व आज सुरु भएको छ । साउन शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व एक महिनासम्म चल्छ ।

गुँलाको अवसरमा उपत्यकामा रहेका बौद्ध चैत्य, विहारको फरिक्रममा गर्ने गरिन्छ । यस त्रममा धाः बाजा बजाउँदै चैत्य परिक्रमा गर्ने गरिन्छ । गुँला बाजामा बाँसुरी, खिं मुख्य रूपमा समावेश हुन्छ । बौद्ध धर्मालम्बीको विशेष पर्व रहेको यस अवसरमा माछामासु खाने गरिन्न । वर्षभर दिवंगत आफन्तको सुखावति भुवनमा बास होस भने कामना गर्दै एक महिना नजिकको विहार र चैत्य परिक्रममा गर्ने गरिन्छ ।

नेपाल भाषामा ‘गुँ’ को अर्थ नौ र ला’ को अर्थ महिना हुने गर्छ । एक महिनाको अवसरमा स्वयम्भू महाचैत्य दर्शन गरेर शोभा भगवती हुादै जनबहालको सेतो मत्स्यन्ऽनाथको दर्शन गर्ने परम्परा रहेको छ । यस्तै विहारमा नाम संगीति पाठ गर्ने पनि गरिन्छ । यसै अवधिमापञ्चदान पर्व मनाउने पनि गरिन्छ ।