जनता टाइम्स

१७ श्रावण २०७६, शुक्रबार ११:००

३८ क्विन्टल सुन प्रकरणमा सर्वोच्चले निर्णय सुनाउदै


काठमाडौं, साउन १७

सर्वोच्च अदालतले चर्चित ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा आज फैसला सुनाउने भएको छ । जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हुँदै सर्वोच्चसम्म आइपुगेको थुनछेकको मुद्दामा आज निर्णय सुनाउन लागेको हो ।

दुई साता लामो बहसपछि मंगलबार निर्णय सुनाउने मिति तोकिए पनि आदेश लेख्न नभ्याउँदा आजलाई सारिएको अदालत स्रोतले जानकारी दिएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले निरन्तर सुनुवाइ गरको यो मुद्दामा निर्णय हुन लागेको हो।

जिल्ला अदालत मोरङले धरौटीमा छोड्न अस्वीकार गरेपछि आरोपितहरु उच्च अदालत विराटनगर पुगेका थिए। तर उच्चले पनि धरौटीमा छोड्न अस्वीकार गरेपछि उनीहरु त्यसविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए। उनीहरूविरुद्ध संगठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरीपैठारी गरेको, अपहरण तथा शरीर बन्धक बनाएको र कर्तव्य ज्यान मुद्दामा आरोपपत्र दायर भएको थियो।