जनता टाइम्स

१७ श्रावण २०७६, शुक्रबार ११:१३

मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु


काठमाडौं, साउन १७

काठमाडौंको बालाजुमा मेलम्ची खानेपानीको पाइपको सफा गर्ने क्रममा दुई मजदूरको मृत्यु भएको छ । आज विहान पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा सप्तरी कनकपट्टीका सुरेस साह र शिवकान्त साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनीहरु सहोदर दाजुभाइ हुन् । शुक्रबार बिहानै मेलम्चीको पाइप सफा गर्न सडकमा रहेको म्यानहोलबाट छिरेका उनीहरू त्यही अड्किएका थिए । लामो समयसम्म बाहिर ननिस्किएपछि प्रहरीले डोजर लगाएर खनेर दुवैलाइ निकालेको थियो ।