जनता टाइम्स

३० आश्विन २०७९, आईतवार १९:११

नेपालभन्दा खरावस्थिति बताएपछि भारत आक्रोशित


एजेन्सी, ३० असोज । ग्लोबल हंगर इन्डेक्स (जीएचआई) मा भारत १०७ औं स्थानमा आएको रिपोर्टमा केन्द्रको मोदी सरकारले कडा प्रतिक्रिया दिएको छ।
सरकारले जीएचआई सम्बन्धी विज्ञप्ति जारी गर्दै यो सूचकांकलाई भारतको खराब छवि भन्दै ‘भोक मापन गर्ने गलत तरिका’ भएको बताएको छ ।

विश्वभर भोकमरी र कुपोषणको अवस्था देखाउने ग्लोबल हंगर इन्डेक्स प्रतिवेदन सार्वजनिक भएको छ, जसमा भारत १२१ देशमध्ये १०७औँ स्थानमा छ ।
यो सूचकांकमा भारतको स्थिति पाकिस्तान, श्रीलंका, नेपाल र बंगलादेशभन्दा खराब छ ।

यस सूचकाङ्कमा दक्षिण एसियामा श्रीलंका सबैभन्दा राम्रो स्थानमा छ । आर्थिक समस्या झेलिरहेको श्रीलंका यस सूचकाङ्कमा ६४औँ स्थानमा रहेको छ ।
यस सूचकाङ्कमा भारतलाई १०७औँ स्थानमा राखेपछि भारत सरकारको महिला तथा बाल विकास मन्त्रालयले विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्तिमा के भनिएको छ ?
मन्त्रालयले एक विज्ञप्तिमा भन्यो, ‘भारतको छविलाई निरन्तर धमिलो पार्दै एक राष्ट्रको रूपमा यसले आफ्नो जनसंख्याको खाद्य सुरक्षा र पोषण आवश्यकताहरू पूरा गर्न सक्दैन भन्ने कुरा फेरि देखाएको छ। ग्लोबल हंगर इन्डेक्स रिपोर्टहरू गलत जानकारी हुन्।’

आयरल्याण्ड र जर्मनीको गैर–सरकारी संस्था कन्सर्न वर्ल्ड वाइड एण्ड वेल्ट हंगर हिल्फले ग्लोबल हंगर इन्डेक्स २०२२ जारी गरेको छ, जसमा भारत १२१ देशहरूमध्ये १०७ औं स्थानमा रहेको छ । भारतले भन्यो, ‘यो सूचकांक भोक मापन गर्ने गलत विधि हो र मापन पद्धति गम्भीर समस्याबाट ग्रस्त छ। सूचकांक मापन गर्ने चारमध्ये तीन विधि बालबालिकाको स्वास्थ्यसँग मात्र सम्बन्धित छन् र यसले सम्पूर्ण जनसंख्याको प्रतिनिधित्व गर्दैन । ’

ग्लोबल हंगर इन्डेक्सको रैंकिंग कुल स्कोरमा दिइएको छ। यो अंक विशेष गरी कुपोषण, गम्भीर नवजात कुपोषण, बालबालिकाको वृद्धि र बालमृत्युदरका चार सूचकहरूको मानमा मापन गरिन्छ । भारतले यस रिपोर्टलाई जवाफ दिँदै भन्यो, ‘कुल जनसंख्यामा कुपोषणको अनुपात जिएचआईको यो सूचकांकको चौथो र सबैभन्दा महत्त्वपूर्ण मापन हो, तर त्यो पनि ३००० को सानो नमूना आकारको साथ एक मत सर्वेक्षणमा आधारित भएर लिइएको छ ।’

मन्त्रालयले आफ्नो विज्ञप्तिमा भन्यो कि यो सर्वेक्षण मोड्युल खाद्य र कृषि संगठन एफएआ को खाद्य असुरक्षा अनुभव स्केल एफआइइइएस ग्यालप वर्ल्ड पोल द्वारा पूरा गरिएको हो जुन ‘ओपिनियन सर्भे’ हो, जुन ‘आठ’ प्रश्नहरूमा आधारित छ।’ यसमा ‘३००० उत्तरदाताहरू’ को सानो नमूना आकार छ ।