एजेन्सी, १ कात्तिक । केदारनाथमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा पाइलटसहित सात जनाको मृत्यु भएको छ । वर्षा र हिमपातको बीचमा यहाँ उद्धार कार्य गरिएको छ ।
राष्ट्रपति द्रौपदी मुर्मुले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । मंगलबार बिहान ११ बजेर ४० मिनेटमा दुर्घटना भएको सीईओ युकाडा सी रविशंकरले जानकारी दिए ।
मृत्यु हुनेमा तीन जना गुजरातका र तीन जना तमिलनाडुका रहेका छन् । पाइलट मुम्बईका बासिन्दा हुन्। डिजिसिए र केन्द्रलाई दुर्घटनाको अनुसन्धानको जिम्मा दिइनेछ। निजी हेली सेवाको छानबिन गरिनेछ ।
केदारनाथमा तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटनाको घटना निकै दुखद छ । यस दुर्घटनामा ज्यान गुमाउने सबैका परिवारजनमा म समवेदना प्रकट गर्दछु । भगवानले उहाँहरुलाई यो दुख सहने शक्ति प्रदान गरुन् ।
मृतक सबैको शव निकालिएको छ
साथै, अर्को आदेश नभएसम्म केदारनाथमा हेली सेवाहरू बन्द गरिएको छ। केदारनाथमा मौसम अझै खराब छ। यहाँ हिउँ परिरहेको छ । दुर्घटना भएको दुई घण्टापछि पनि भग्नावशेषबाट आगो निस्कने क्रम जारी छ । मृतक सात जनाको शव उद्धार टोलीले निकालेको छ ।
मुख्यमन्त्री पुष्कर सिंह धामीले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न निर्देशन दिएका छन् । योसँगै गृहमन्त्री अमित शाहले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् । ‘केदारनाथमा तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटनाको घटना निकै दुखद छ । यस दुर्घटनामा ज्यान गुमाउने सबैका परिवारजनमा म समवेदना प्रकट गर्दछु। भगवानले उहाँहरुलाई यो दुख सहने शक्ति प्रदान गरुन् ’ शाहले भनेका छन् ।
उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महाराजले गरुड चट्टी नजिक भएको दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनाप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले प्राविधिक गडबडी, हावाको चाप कम वा कारण जे भए पनि घटनाबारे छानबिन गरिने बताए । दुर्घटना के कारणले भएको हो भन्ने अनुसन्धानपछि मात्र थाहा हुनेछ ।
सन् २०१९ मा पनि केदारनाथमा हेलिकप्टर दुर्घटना भएको थियो । यात्रुलाई केदारनाथबाट फाटा लैजाँदै गर्दा हेलिकप्टरमा प्राविधिक गडबडीका कारण पाइलटले आकस्मिक अवतरण गर्नुपरेको थियो र सो क्रममा हेलिकप्टर दुर्घटना भएको थियो ।













प्रतिक्रिया दिनुहोस्