जनता टाइम्स

१७ श्रावण २०७६, शुक्रबार १७:१२

३८ क्विन्टल सुनकाण्ड: उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर


काठमाडौं, साउन १७

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा सर्वोच्च अदालतले २८ जनालाई धरौटीमा रिहा गर्न अस्विकार गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले महाविर प्रसाद गोल्यानलाई भने धरौटीमा छाड्न आदेश दिएको छ । गोल्यानलाई भने १० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

उच्च अदालत बिराटनगरको आदेशबिरुद्ध निवेदन लिएर गएकाको हकमा उच्चकै आदेश सदरको फैसला भएको छ । सर्वोच्चको फैसलासँगै सुन काण्डमा मुछिएका एसएसपी दिवेश लोहनी, एसपी बिकास खनाल, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलले थुना बाहिरै बसेर न्यायिक उपचार पाएका छन्। डिएसपी सञ्जयबहादुर राउत भने थुनामै रहने भएका छन्।

आरोपीहरु डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी र गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, मदन सिलवाल, अमरमान डंगोल र बालकृष्ण सञ्जेल लगायत २८ जनालाई भने कानुन अनुसार गर्न अन्तिम आदेश दिएको छ ।

उनीहरुलाई जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरले साधारण तारेखमा छोड्न अस्वीकार गरेको थियो । यसपछि उनीहरु रिहाइको माग गर्दै सर्वोच्चसम्म पुगेका थिए । उनीहरुको मुद्दामा सर्वोच्चमा दुई सातादेखि बहस सुरु भएको थियो ।