जनता टाइम्स

१० आश्विन २०८३, शनिबार १७:०८

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह


काठमाडौं, असोज १० । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किनुभएको छ। प्रधानमन्त्री शाह केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको थियो। उहाँले असोज ८ गते महासभालाई सम्बोधन गर्नुभएको थियो।

महासभामा सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालको प्राथमिकता तथा अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यका विषयमा नेपालको धारणा प्रस्तुत गर्नुभएको थियो। उहाँले वातावरण परिवर्तनले हिमालय क्षेत्रमा पारेकाे प्रभवकाे विषयलाई उठान गर्दै न्यायकाे माग गर्नुभएकाे थियाे । 

अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूसँग भेटवार्तासमेत गर्नुभएको थियो। भेटवार्ताका क्रममा उहाँले नेपालका प्राथमिकता, आपसी सहकार्य तथा अन्तर्राष्ट्रिय सम्बन्धका विविध विषयमा छलफल गर्नुभएको जनाइएको छ।