जनता टाइम्स

३ कार्तिक २०७९, बिहीबार १६:४६

पतिले नै पत्नीलाई साथीसंग सेक्स गराएपछि . .


एजेन्सी, ३ कात्तिक । सचेन्दी इलाकामा एक युवकले पति–पत्नीको सम्बन्धलाई कलंकित बनाएका छन् । सन्तान नभएकाले साथीलाई आफ्नो पत्नीसंग सेक्स गर्न प्रस्ताव राखिएको थियो । यति मात्र होइन, पतिले, आफ्नो साथीले पत्नीलाई सेक्स गरेको भिडियो इन्टरनेट मिडियामा भाइरल समेत गरेका छन् ।

पीडित महिलाले पति र उनका साथीविरुद्ध घरेलु हिंसा, आपराधिक षड्यन्त्र, जबर्जस्ती करणीजस्ता गम्भीर खण्डमा मुद्दा दायर गरेकी छन् । प्रहरीले दुवैलाई पक्राउ गरेको छ ।

पीडितका अनुसार उनीहरुको सन्तान थिएन । यसका लागि पतिले उनलाई दिनहुँ जिस्काउने र कुटपिट गर्ने गरेका थिए । उनले यो सब चुपचाप सहन गरिन् । त्यही क्रममा उनले साथीलाई घरमा ल्याएर जबरजस्ती बलात्कार गराए र अश्लिल भिडियो बनाए, जुन भिडियो पतिले नै भाइरल बनाए । पत्नीको विरोध गरेपछि दुवै जना मार्ने धम्की दिएर त्यहाँबाट भागेका थिए ।

बुधबार बिहान पीडित युवतीले सचेन्दी प्रहरी चौकी पुगेर पति र उनका साथीविरुद्ध उजुरी दिएकी थिइन् । दुवै अभियुक्तलाई भैलमाउ मोर नजिकैबाट पक्राउ गरिएको स्टेशन इन्चार्जले बताए ।