जनता टाइम्स

१८ श्रावण २०७६, शनिबार ०७:४१

घाइतेको सेनाको हेलिकप्टरमा उद्धार


खोटाङ,  साउन १८ ।  करेन्ट लागेर गम्भीर घाइते भएका केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका २४ वर्षीय धनकुमार तामाङ्को नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको छ ।

केपिलासगढी–५ सप्तेश्वरमा स्थानीयवासीको घरमा मिटरबक्स जडान गर्नेक्रममा तामाङलाई करेन्ट लागेको हो । सांसद विशाल भट्टराई र प्रदेशसभा सदस्य राजन राईको पहलमा तामाङको उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले बताउनुभयो । तामाङको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको उनीसँगै सहयोगीका रुपमा जानुभएका मिलन सुनुवारले जानकारी दिनुभयो ।