जनता टाइम्स

१८ श्रावण २०७६, शनिबार ०८:३८

मौसम – मेघगर्जनसहित चट्याङको सम्भावना (तीन दिनको मौसम पूर्वानुमान)


 

काठमाडौं, साउन १८ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको र पूर्वी तथा मध्यपहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग भन्दा दक्षिणतिर अवस्थित छ र नेपालतर्फ सर्दैछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

श्रावण १८ गते शनिबार
दिउँसो – देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ।

राति – देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ ।

श्रावण १९ गते आईतबार

दिउँसो – देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाहुने संभावना छ।

राति –देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमि भूभागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ । पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
श्रावण २० गते सोमबार
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाहुने संभावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति – देशभर आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमि भूभागका केही स्थानहरुमा तथा मध्य र पूर्व थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।