जनता टाइम्स

१८ श्रावण २०७६, शनिबार ०८:३७

कांग्रेसले संसद अवरुद्ध गर्नु गलत रहेको नेता रामचन्द्र पौडेलको भनाई


काठमाडौं, साउन १८

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद अवरुद्ध गरेको प्रति असहमति प्रकट गर्नुभएको छ । उहाले संसदमा पार्टी भूमिकामाथी नै प्रश्न उठाउनु भएको हो ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा उहाले सर्लाही घटनालाई लिएर संसद अवरोध गर्नु गलत भएको बताउनु भयो । संसदमा पार्टीको भूमिकाप्रति असहमति जनाउदै उहाले सर्लाही घटनालाई लिएर संसद अवरोध गरेकोमा विरोध जनाउनु भयो । विप्लव समूहका विषयलाई लिएर संसद अवरोध गर्नु र प्रवक्ताले वार्तावार्ता मात्र भन्नु गलत भएको टिप्पणी गर्नुभयो ।

प्रहरी भिडन्तमा मारिएका भनिएका विप्लव समूहका नेता कुमार पौडेलबारे छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले लगातार संसद अवरुद्ध बनाउदै आएको छ । यो माग पुरा गर्न सरकार र सभामुखलाई दबाव दिँदै कांग्रेसले राजपासँग मिलेर लगातार संसद अवरुद्ध गर्दै आएको छ । केही दिनअघि भएको सर्वदलिय बैठकपनि विना निष्कर्ष सकिएको थियो ।