जनता टाइम्स

५ कार्तिक २०७९, शनिबार १२:४०

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन समापन, हु जिन्ताओलाई जबर्जस्ती हलबाट निकालियो


एजेन्सी, ५ कात्तिक । चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनले तेस्रो पटक सी जिनपिङको राज्याभिषेकको बीचमा ठूलो घटना भएको छ । पूर्व चिनियाँ राष्ट्रपति हु जिन्ताओलाई पार्टी महाधिवेशनबाट जबरजस्ती बाहिर निकालिएको छ ।

हु जिन्ताओलाई निष्कासन गर्दा चीनको ग्रेट हलमा समापन समारोह चलिरहेको थियो । यो घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा तिब्र रुपमा शेयर भइरहेको छ । यति मात्र होइन, पार्टी कंग्रेसपछि सी जिनपिङका कट्टर विपक्षी बनेका प्रधानमन्त्री ली खछ्याङलाई केन्द्रीय समितिबाट बाहिर पारिएको छ । । योसँगै उनले अहिले पार्टी गतिविधिबाट सन्यास लिएका छन् ।

भिडियोमा सुरक्षाकर्मीले हु जिन्ताओलाई हात समातेर जबरजस्ती बाहिर निकाल्दै गरेको देखिन्छ । यस क्रममा हु जिन्ताओ बाहिरिन चाहँदैनन् र विरोध गर्छन्, तर उहाँलाई हात समातेर ग्रेट हलबाट बाहिर निकालिन्छ ।

यस क्रममा एक चिनियाँ नेताले हु जिन्ताओलाई मनाउन खोजे तर अर्काले रोके । हु जिन्ताओ ७९ वर्षका छन् र उनलाई ग्रेट हलको अगाडिको सिटमा राखिएको थियो । राष्ट्रपति सी जिनपिङ उनको अगाडि बसिरहेका थिए । यसपछि दुई जना उनको नजिक पुग्छन् । हु जिन्ताओले उनीसँग केही बेर कुरा गरे ।

भिडियोमा देखाइएको छ कि हु जिन्ताओले दुबै जनासँग कुरा गरेपछि ग्रेट हलबाट बाहिर निस्कन चाहेनन् । तर, दुवै जनाले हात समातेर ग्रेट हलबाट निकाले । हु जिन्ताओलाई कुन परिस्थितिमा बाहिर निकालियो भन्ने अझै स्पष्ट छैन।

हु जिन्ताओले राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खछ्याङको काँधमा हात राखेको देखियो । हु जिन्ताओले सन् २०१३ मा अवकाश लिएका थिए । पछिल्लो समय उनी सार्वजनिक रुपमा निकै बिरामी देखिएका छन् ।

यसैबीच पार्टी कंग्रेसले चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई कम्युनिष्ट पार्टीको मुख्य नेतृत्व केन्द्रीय समितिबाट हटाउने निर्णय गरेको छ । यसरी सी जिनपिङपछि दोस्रो नम्बरमा रहेका चिनियाँ प्रधानमन्त्रीले पार्टीको भूमिकाबाट सन्यास लिएका छन् ।

प्रधानमन्त्री लीलाई सी जिनपिङको प्रमुख प्रतिद्वन्द्वी मानिन्थ्यो । योसँगै तेस्रो पटक सी जिनपिङको राज्याभिषेकको बाटो खुलेको छ । यति मात्र होइन, चीनका चौथो शक्तिशाली अधिकारी वाङ याङलाई पनि बाहिरको बाटो देखाइएको छ ।

केन्दीय कमिटीमा अब सी जिङपिङको जबर्जस्त बहुमत भएको छ । यसले तेश्रो कार्यकालका लागि सुीलाई राष्ट्रपति हुने बाटो क्लिएर भएको छ ।