काठमाडौं, ५ कात्तिक । गायिका पूर्णिमा लामाले अहिलेसम्म पाँंच सयभन्दा बढी गीत गाउन सफल हुनुभएको छ । नेपाली सुगम संगीत क्षेत्रकी परिचित गायिका लामा सानै उमेरदेखि गीतसंगीत क्षेत्रमा लाग्दै आउनुभएको छ । उहाँ डेढ दशकदेखि निरन्तर नेपाली गीतसंगीत क्षेत्रमा क्रियाशिल पनि हुनुहुन्छ ।
नेपाली गीतसंगीत क्षेत्रको चम्किलो ताराको रुपमा स्थापित भइसक्नुभएको गायिका लामा असाधारण क्षमता भएको बहुप्रतिभाशाली गायिका समेत हो । लामाले हालसम्ममा झन्डै पाँचभन्दा बढी गीत गाइसकेको बताउनुभयो । लामाले गीतसंगीत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै राष्ट्रियस्तर संघसंस्थाहरूबाट विभिन्न समेत पाइसक्नुभएको छ । हालसम्म एक दर्जनौभन्दा बढी अवार्ड प्राप्त गरिसकेको उहाँ बताउँनुहुन्छ ।
डेढ दशकदेखि गीतसंगीत क्षेत्रमा निरन्तर सक्रिय लामाले गाएको मुटु जली खरानी भो…, फुल भनौँ जिन्दगीलाई…, साँचो माया…, कसले बुझ्ने…, चोखो माया जस्ता दर्जनौँ गीच गाएकी छिन् । उहाँले नेपालमा मात्रै नभएर हङकङ, कोरिया, दुबाइ, कतार, मलेसियालगायत देशमा समेत पुगेर आफ्नो प्रस्तुति दिइसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्