एजेन्सी, ७ कात्तिक । बेलायती कन्जरभेटिभ नेता ऋषि सुनकले औपचारिक रूपमा आफू निवर्तमान प्रधानमन्त्री लिज ट्रसको उत्तराधिकारी बन्न खोजेको घोषणा गर्नुभएको छ । देशले धेरै संकट सामना गरिरहेको बेला उहाँले ट्रसको उत्तराधिकारी घोषणा गर्नुभएको हो । बिहीबार ट्रसको असाधारण राजीनामापछि पूर्वचान्सलरले दोस्रो पटक आफूलाई प्रधानमन्त्रीको दौडमा राख्नुभएको हो ।
लिज ट्रसले शीर्ष पदमा हराएको ६ सातापछि कन्जरभेटिभ नेता र प्रधानमन्त्री बन्ने घोषणा गर्दै सुनकले ट्वीट गर्नुभयो, ‘बेलायत एक महान देश हो तर हामीले गहिरो आर्थिक संकटको सामना गरिरहेका छौं’, पूर्वअर्थमन्त्रीले आफ्नो उम्मेदवारी पुष्टि गर्दै भन्नुभयोृ, ‘म हाम्रो अर्थतन्त्र ठीक गर्न चाहन्छु, हाम्रो पार्टीलाई एकताबद्ध गर्न चाहन्छु र हाम्रो देशको लागि काम गर्न चाहन्छु ।’













प्रतिक्रिया दिनुहोस्