एजेन्सी, ९ कात्तिक । २४ वर्षपछि भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्व गान्धी परिवार बाहिर पुगेको छ । बुधबारदेखि कांग्रेसको नेतृत्व मल्लिकार्जुन खड्गेले सम्हाल्नुभएको छ ।
पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा सोनिया गान्धीले अध्यक्ष खड्गेलाई नेतृत्व हस्तान्तरण गर्नुभएको हो । उहाँले पार्टीको नेतृत्व खड्गेलाई सुम्पन पाउँदा आफूले ठूलो राहतको महसुस गरेको बताउनुभएको छ ।
हालै सम्पन्न अध्यक्षको निर्वाचनमा खड्गेले अर्का प्रतिस्पर्धी शशी थरुरलाई भारी मतले पराजित गर्नुभएको थियो । आजबाट कांग्रेसमा खड्गे राज सुरु भएको छ ।
अध्यक्षको कार्यभार सम्हाल्दै खड्गेले मजदुर परिवारबाट देशकै सबैभन्दा पुरानो पार्टीको नेतृत्वमा पुग्नु गर्वको विषय भएको बताउनुभयो । उहाँले कांग्रेसमाथि निरन्तर रूपमा भइरहेको भ्रमपूर्ण प्रचारको डटेर मुकाविला गर्ने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्