जनता टाइम्स

१८ श्रावण २०७६, शनिबार २२:२८

उपप्रधानमन्त्री इश्वर पोखरेल कार्यबाहक प्रधानमन्त्री


काठमाडौं, साउन १८ । राष्ट्रपति बिद्यादेवी भण्डारीले उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गर्नूभएकोले उहाँको अनुपस्थितिमा दैनिक प्रशासन सञ्चालनका लागि उपप्रधानमन्त्री पोखरेललाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपतिले उपप्रम पोखरेललाई सो जिम्मेवारी तोक्नुभएको छ ।