जनता टाइम्स

१९ श्रावण २०७६, आईतवार ०८:५०

जनावार धपाउन हानेको गोली युवाको टाउकोमा लागेपछि…


डोटी, साउन १९

डोटीमा जनावार धपाउन गोली हान्दा एक युवाको ज्यान गएको छ । आदर्श गाउँपालिका – ५ तल्लो डाडावनमा जनावर धपाउन हानेको गोली लागेर एक जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता लालबहादुर धामीका अनुसार ५० वर्षीय जंगे भुलले हानेको गोली लागेर सोही ठाउँका १९ वर्षीय तपेश लुहारको ज्यान गएको हो । शनिबार राति करिब पौने ११ बजेको समयमा सलामी डाडावनमा आएका जंगली जनावर धपाउन जंगे भुलले प्रहार गरेको भरुवा बन्दुकको गोली तपेश लुहारको टाउकोमा लागेको थियो ।

यसबारे थप अनुसन्धान गर्न प्रहरी निरीक्षक कर्ण बोहोरासहितको टोली घटनास्थलतर्फ गएको प्रहरी प्रवक्ता धामीले जानकारी दिनुभयो । गोली प्रहार गर्ने जंगे भुल र उनले प्रयोग गरेको बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।