जनता टाइम्स

१९ श्रावण २०७६, आईतवार ०९:०२

७२ वर्षिय वडाध्यक्षको निधन


भोजपुर, साउन १९

पौवादुङमा गाउँपालिका–१ श्यामशीलाका वडा अध्यक्ष रुद्रबहादुर पाण्डेको ७२ वर्षको उमेरमा निधन भएको छ । वडा अध्यक्ष पाण्डेको शनिबार साँझ निधन भएको वडा सदस्य दिपक सुवेदीले जानकारी दिनुभयो ।

निमोनियाबाट पीडित पाण्डेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरान लगिएको थियो । पाण्डेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याउनासाथ निधन भएको वडा सदस्य सुवेदीले बताउनुभयो । अध्यक्ष पाण्डे केही समय अघिदेखि नै निमोनियाका कारण बिरामी पर्नुभएको पारिवारिक स्रोतले जनाएको छ ।