यी तर्क र अध्ययनको आधारमा भन्न सकिन्छ कि नेपालको आर्थिक विकासका लागि भारत ट्रान्जिट प्वाइन्ट हुन सक्दछ । भारतको हिन्दमहासागरीय नीतिबाट फाइदा लिदै पूर्वीय एसियाका पर्यटकहरूलाई नेपालले आमन्त्रण र व्यवस्थापन गरेको खण्डमा नेपालको आर्थिक कायापलट हुन सक्दछ । यस अर्थमा नेपाल भारत सम्बन्धलाई पूर्ण रूपले आर्थिक कसीबाट मूल्याङ्कण गर्नु पर्दछ ।
विपिन देव
भूमण्डलीकरण र खुला बजारले गर्दा विकास र प्रगतिका धावक चीन र भारत आर्थिक रूपले अब्बल हुन सफल भए । यी दुईवटै मुलुकहरूले दक्षिण एसियाली मुलुकहरूमा आप्mना राजनैतिक र आर्थिक प्रभाव बढाउ‘न भगीरथ प्रयास गरिरहेका छन् । यही परिवेश र परिदृश्यमा भारतले आप्mनो नेपालप्रतिको दृष्टिकोण र रणनीतिमा पुनविचार गरिरहेको अवस्था छ । अर्थात् भारतले आप्mनो नेपाल सम्वन्धी नीतिलाई परिचालित र परिकृत गर्न विभिन्न शोध संस्थानहरूलाई क्रियाशील गराएको छ ।
नेपाल र भारत सम्बन्धलाई सकारात्मक रूपले व्याख्या गर्दै भारतका पूर्व राजदूत रणजित रेले नेपाल सम्पन्नतातिर गइरहेको कुरा आप्mना पुस्तक “डेलिमा इन काठमाडौं”बाट सार्वजतिक गरेका छन् । रणजित रेले नेपालको जलविद्युत विकास भारतका निजी कम्पनीहरूको लगानीमा ३००० मेगावाट विद्युत उत्पादन हुन लागेको कुरा शुभ संकेतका रूपमा व्याख्या गरेका छन् । साथसाथै भारतीय सरकारका लगानी पञ्चेश्वरको माध्यमबाट ५००० मेगावाट उत्पादन हुन लागेको कुरालाई नेपालको आर्थिक काया पलट हुन सक्ने उनको भनाइ रहेको छ ।
भारतले आफ्नो आर्थिक महत्वाकाक्षा प्राप्त गर्न आप्mनो छिमेकीलाई आर्थिक रूपले समृद्ध बनाउ‘न सहयोगीको भुमिका खेल्नु पर्नेमा उनले जोड दिएका छन् । अर्थात् दक्षिण एसियालमा सांस्कृतिक र सामाजिक सम्वन्धले गर्दा चीन भन्दा भारतको नैतिक दायित्व अधिक रहेको कुरालाई नजर अन्दाज गर्न सकिदैन । श्रीलङ्का चीनिया ऋणको कारणले आर्थिक दिवालीयापनको सङ्घारमा जान लाग्दा भारतीय आर्थिक भरथेगले सञ्जीवनीको काम गरेका कुरा सबैले स्वीकार गरेका छन् । पूर्व राजदूत रणजित रेले नेपालमा राजनैतिक स्थिरता भएको खण्डमा भारतीय लगानी बढ्न सक्ने र त्यसको परिणामले नेपाल प्रगतिको वाटोमा जान सक्ने उनको भनाइ रहेको छ ।
नेपाल भारत सम्वन्धका मूर्धन्य जानकार डा. एस.डी.मुनीको दृष्टिकोण पृथक रहेको देखिन्छ । “नेपाल एण्ड इण्डिया चेनजीङ्ग रिलेसनसिप” र “माओष्ट इनसरजेन्सी इन नेपाल” जस्ता महत्वपूर्ण पुस्तकका लेखक डा. मुनी भारतीय सामरिक नीतिलाई प्रश्नको घेरामा रेखाङ्कित गरेका छन् । डा. मुनीले नेपाल भारत सम्बन्धलाई तीन आयामबाट व्याख्या गरेका छन् । अर्थात् नेपालको घेरेलु राजनीति, भारतीय दुष्टिकोण र अन्तर्राष्ट्रिय राजनीतिले नेपाल भारत सम्वन्धलाई अधिक प्रभावित गरिरहेको तर्क डा. मुनीको रहेको छ ।
अर्को शब्दमा भन्ने हो भने नेपालमा कुनै पनि प्रधानमन्त्री आप्mनो पॉच वर्षीय अवधि पुरा गरेको छैन । गठबन्धन र गठजोडको आन्तरिक राजनीतिले गर्दा भारतको दुष्टिकोण र संग्लनता समय, काल र परिस्थितिले गर्दा परिवर्तित हु‘दै गर्दछ । अर्थात् समीकरण, गठबन्धन र गठजोडलाई सन्तुलन गर्नमा नै भारत आप्mनो कूटनीतिक उर्जा व्यय गरिरहेको कुरा डा. मुनीको तर्क रहेको छ ।
नेपाल भारत सम्बन्धको कमजोर कडीको रूपमा डा. मुनीले भारतको “डेलेभरी सिस्टम”लाई व्याख्या गरेका छन् । अर्थात् भारतले गरेको बाचा र संकल्प समयमा प्रत्यारोपण नहुनु भारत नेपाल सम्बन्धको कमजोड कडी हुन् । यस सम्बन्ध दुईवटै मुलुकहरू जिम्मेवार रहेको कुरा उनको भनाइ रहेको छ । साथ साथै नेपाल भारत सम्बन्धलाई धार्मिक संस्था, व्यापारिक घराना र व्यवसायिक छापाखानाले समय समयमा उदवेलित पारिहेका कुरा उनले स्वीकार गरेका छन् । अर्थात् नेपाल भारत सम्बन्ध पूर्ण रूपमा आर्थिक र कूटनीतिक चश्माबाट व्याख्या हुनु पर्ने उनको तर्क रहेको छ ।
डा. एस.डी.मुनीले नेपाल भारत सम्बन्धलाई उच्च मुल्याङ्कण गर्दै नेपालको आर्थिक विकासमा भारतको महत्वपूर्ण भूमिका हुन सक्ने कुरामा जोड दिएका छन् । नेपाल भारत सम्बन्धलाई चीनको चश्माबाट जवाहरलाल नेहरु विश्व विद्यालयका प्रध्यापक डा. कोनडापली श्रीनाथले व्याख्या गरेका छन् । डा. कोनडापली चीनिया राजनीतिका अदभुत जानकार हुन् । उनका चर्चित पुस्तकहरू “चाइना मिलेटरी एण्ड इण्डिया “चाइना एण्ड कोभिड १९”, चाइना वेल्टवन रोड” र चाइना एण्ड नेबरहुड” हुन् । डा. कानडपोली नेपाल भारत सम्बन्धमा उत्तार र चढावको कारण चीन भएको कुरा बताउ‘छन् । सन् १९५९ बाट दलाई लामा भारत शरण लिनु र सन् १९६२ भारत चीन युद्ध हुनु जस्ता परिघटनाले गर्दा चीनले नेपाललाई अधिक महत्व दिएको कुरा डा. कोण्डापलीले स्वीकार गरेका छन् । अर्थात् चीनको प्रमुख चिन्ता नै तिबतेलीहरू राजनैतिक गतिविधिलाई नेपालमा न्यूनीकरण गर्नु हो ।
अर्को तर्फ तिब्वतेली गतिविधिलाई सक्रिय बनाउ‘न पश्चिमा दातृ संस्थाहरू सक्रिय रहेको कुरामा चीन सचेत रहेको देखिन्छ । यस परिवेशमा नेपालका राजनैतीक दलहरूमा आप्mनो पहु‘च र पकड बनाउ‘न चीनिया दूताबास नेपालमा सक्रिय रहेको देखिन्छ । डा. कोनडापली अनुसार चीन नेपालमा “सप्mट पावर”लाई अगाडि बढाएको छ । अर्थात् कनप्mयूसीयस संस्थाको आवरणमा चीनिया विचार र दर्शनलाई प्रचार र प्रसार गर्न चीन सक्रिय रहेको छ । नेपालका राजनैतिक कार्यकर्ताहरू र पत्रकारहरू कनप्mयूसियस स्कुलका कार्यक्रमका माध्यमबाट चीन भ्रमण गरिरहेका छन् । सन् २०१९ मा राष्ट्रपति सीको नेपाल भ्रमण पश्चात् चीनिया कम्युनिष्ट पार्टीका नेताहरूको भ्रमणको लर्को पनि नेपालमा बढिरहेको छ । यी नेताहरू औपचारिक रूपमा नेपालका कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूलाई प्रशिक्षण समेत दिई रहेका छन् ।
नेपाल भारत सम्बन्धका केही कमजोर पक्षलाई भारतका पूर्व राजदुत मञ्जीद सिंह पूरीले समेत उद्धृत गरेका छन् । राजदूत पूरीले भारतको सुरक्षा मामिलामा नेपालीहरूको सहयोग र सद्भावलाई उच्च मुल्याङ्कण गरेका छन् । साथसाथै नेपालको सीमावर्ती इलाकामा भारत सरकारले पूर्वाधार लगायत सुविधा सम्पन्न अस्पताल, बजार र पर्यटक विकास गरेको खण्डमा नेपाल भारत सम्बन्ध सुदृढ र समृद्ध हुने उनको तर्क रहेको छ । नेपाल भारत सम्बन्धको सबभन्दा ठुलो चूनौती खुल्ला र्वोडर व्यवस्थापन गर्नु हो ।
यी तर्क र अध्ययनको आधारमा भन्न सकिन्छ कि नेपालको आर्थिक विकासका लागि भारत ट्रान्जिट प्वाइन्ट हुन सक्दछ । भारतको हिन्दमहासागरीय नीतिबाट फाइदा लिदै पूर्वीय एसियाका पर्यटकहरूलाई नेपालले आमन्त्रण र व्यवस्थापन गरेको खण्डमा नेपालको आर्थिक कायापलट हुन सक्दछ । यस अर्थमा नेपाल भारत सम्बन्धलाई पूर्ण रूपले आर्थिक कसीबाट मूल्याङ्कण गर्नु पर्दछ ।













प्रतिक्रिया दिनुहोस्