जनता टाइम्स

१५ कार्तिक २०७९, मंगलवार १३:३७

पाउल पेलोसीमाथि हमलाको आरोपमा एक व्यक्ति पक्राउ


एजेन्सी, १५ कात्तिक । अमेरिकी वरिष्ठ राजनीतिज्ञ न्यान्सी पेलोसीलाई अपहरण गर्ने प्रयास गरेको र उनका श्रीमानमाथि कुटपिट गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ । एक ४२ वर्षीय व्यक्तिलाई शुक्रबार बिहानै पेलोसी दम्पतीको सान फ्रान्सिस्कोको घरमा पसेर ८२ वर्षीय पाउल पेलोसीलाई हथौडाले आक्रमण गरेका थिए । घरभित्र पसेपछि उनी न्यान्सीलाई खोजेका थिए । वरियताक्रममा राष्ट्रपतिपछि दोस्रो स्थानमा रहेकी पेलोसी उक्त समय देशको अन्य भागमा थिइन् ।

आक्रमणको कारणबारे थप अनुसन्धान भइरहेको छ । उक्त हमला सुनियोजित भएको प्रहरीले जनाएको छ । सोमबार उनीमाथि संघीय कानुन उल्लंघन गरेको आरोप लागेको छ । उनी दोषी ठहर भएमा ३० वर्षको जेल सजाय हुन सक्ने प्राप्त विवरणहरूमा जनाइएको छ ।