जनता टाइम्स

१९ श्रावण २०७६, आईतवार १५:४४

पूर्वराजा ज्ञानेन्द्रको ‘सन्देश संग्रह’ किताब सार्वजनिक


काठमाडौं, साउन १९

पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश, अन्तर्वार्ता र लेख समावेश भएको पुस्तक ‘सन्देश संग्रह’ पुस्तक पूर्वयुवराज्ञी हिमानी शाहले सार्वजनिक गर्नुभएको छ । आज हिमानी ट्रष्टले बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो पुस्तक सार्वजनिक गर्नुभएको हो ।

उक्त संग्रहमा राजा भइसकेपछि शाहले २०५८ देखि २०६२ सालसम्म जारी गरेका सन्देश, मिडियामा दिएका अन्तर्वार्ता समावेश रहेको छ । उक्त पुस्तक प्रारम्भमा २ हजार प्रति छापिएको छ । सोमध्ये ट्रष्टले ५ सयप्रति बिक्री गर्ने जनाइएको छ।

सो पुस्तकबाट प्राप्त रकम सामाजिक कार्यमा खर्चिने पनि ट्रष्टले जनाएको छ । हाल ट्रष्टले महिला, युवा, बालबालिका, ज्येष्ठ नागरिक, भूकम्प पीडित, बाढी पहिरो पीडित लगायतलाई सहयोग गर्दै आएको छ।