जनता टाइम्स

२० कार्तिक २०७९, आईतवार ०६:४९

इमरान खानको प्रेस सम्मेलनको प्रसारण प्रतिबन्ध हटाइने


एजेन्सी,, २० कात्तिक । पाकिस्तान सरकारले पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी एण्ड अथारिटी ९पीइएमआरए०लाई पीटीआई अध्यक्ष इमरान खानको प्रेस सम्मेलनको प्रसारण वा पुनः प्रसारणमा च्यानलहरूमाथि लगाइएको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।

सूचना मन्त्री मरियम औरंगजेबको कथनलाई उद्धृत गर्दै डनका अनुसार प्रधानमन्त्री सहबाज सरिफले संविधानको धारा १९ ९वाक स्वतन्त्रता० अन्तर्गत कानुनी आवश्यकताहरूको निरन्तर कार्यान्वयन सुनिश्चित गर्न मिडिया वाचडगलाई आदेश दिएका छन्।

विज्ञप्तिमा भनिएको छ कि प्रतिबन्ध हटाउने निर्देशन पीइएमआरए अध्यादेश सन् २००२ को धारण ५ अन्तर्गत दिइएको थियो । “प्रधानमन्त्रीले इमरान खानको पालाको तीतो परम्पराको अन्त्य गरेर नयाँ परम्परा स्थापित गरेका छन्, सूचना मन्त्री औरंगजेबले भने ।