जनता टाइम्स

२० कार्तिक २०७९, आईतवार १३:११

अमेरिकामा गोली चल्दा १० जना घाइते


न्युयोर्क, २० कात्तिक । फिलाडेल्फियाको केन्सिङ्टन र एलेगेनी क्षेत्रमा गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन् । घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

उनीहरूको चोटका आधारमा विभिन्न अस्पतालहरूमा लगिएको प्रहरी स्रोतलाई उदृत गर्दै रिपोर्टले जनाएको छ । गोलीकाण्डबारे विस्तृत विवरण आउन बाँकी रहेको र प्रहरीले अनुसन्धान गरिरहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।