जनता टाइम्स

२१ कार्तिक २०७९, सोमबार १४:४१

ह्यालोविन उत्सवमा भागदौड : दक्षिण कोरियाली राष्ट्रपतिले मागे माफी


एजेन्सी, २१ कात्तिक । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले सियोलमा ह्यालोविन उत्सवमा भागदौडमा भएको ठूलो मानवीय क्षतिका लागि माफी मागेका छन् । आज सुरक्षा नियमहरूको समीक्षा गर्नको लागि बसेको बैठकमा उहाँले माफी माग्नुभएको हो ।

एक साताअघि राजधानी सियोल नजिलकैको ह्यालोविन उत्सव मनाउने क्रममा भागदौड मच्चिदा १५६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये अधिकांश बीसदेखि तीस वर्षका युवा युवती थिए ।

‘आफ्ना छोराछोरी गुमाएका आमाबुवासँग म आफूलाई तुलना गर्ने आँट गर्दिन, तर जनताको जीवन र सुरक्षाको रक्षा गर्ने राष्ट्रपतिको हैसियतमा म दुखी छु’, उहाँले भन्नुभयो । २९ अक्टोबरमा ह्यालोविन मनाउने क्रममा सियोलको इटावन जिल्लाको साँघुरो गल्लीहरूमा भागदौड मच्चिएको थियो ।