जनता टाइम्स

२५ कार्तिक २०७९, शुक्रबार १२:२२

बन्धक बनाएर सामूहिक बलात्कार गरेको भिडियो सार्वजनिक गरिएपछि . . .


एजेन्सी, २५ कात्तिक । दुल्हनबजार थाना क्षेत्रअन्तर्गतको गाउँमा १४ वर्षीया किशोरीलाई आइतबार साँझ दुई युवाले बन्धक बनाएर सामूहिक बलात्कार गरेका छन् । आरोपीले बलात्कारको भिडियो बनाएर फेसबुकमा भाइरल बनाएका थिए । आफन्तसहित प्रहरी चौकी पुगेका पीडितको बयानका आधारमा प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ ।

जानकारीका अनुसार किशोरी आइतबार साँझ दिसा गर्न खेततर्फ गइरहेकी थिइन् । सो क्रममा अमरेशकुमार र निरहुआले हात समातेर मुख थुनेर बन्धक बनाएका थिए । केही टाढा खेतमा लगेर अभियुक्तले सामूहिक बलात्कार गरेका थिए ।

आरोपीले बलात्कारको भिडियो बनाएर इन्टरनेट मिडियामा भाइरल बनाएका थिए । घर आएपछि बालिकाले आफन्तलाई घटनाबारे जानकारी गराएकी थिइन् । इज्जतको डरले आफन्त चुपचाप बसेका थिए तर आरोपीले भिडियो भाइरल गरेपछि पीडित किशोरी आफन्तसहित प्रहरी चौकी पुगिन् र आरोपी अमरेशकुमार र निरहुआविरुद्ध मुद्दा दर्ता गराएकी छन् । आरोपितलाई पक्राउ गर्न छापा मारिरहेको एसएचओ मनोज कुमारले बताएका छन् ।

प्राप्त जानकारी अनुसार बालिका दिसा गर्नका लागि घरबाट निस्किएकी थिइन् । यसै क्रममा उनलाई अमरेश कुमार र निरहुआले रोकेका थिए । उनले केही बुझ्नुअघि नै बालिकालाई जबरजस्ती लैजान थाले । वरपर कोही नभएकाले नाबालकले पनि सहयोग पाउन सकिनन् ।

दुबै केटाहरूले उनलाई नजिकैको खेतमा लगे, जहाँ उनलाई बन्दी बनाएर उनीसँग यौन सम्पर्क राखे । यसक्रममा आरोपीले भिडियो पनि बनाए । बिशोरीलाई घटना कसैलाई बताएमा भिडियो भाइरल बनाउने धम्की दिएका थिए ।

डरका कारण बिशोरीले घटनाबारे आफन्तलाई जानकारी दिइनन् । यसैबीच केटाहरूले घटनाको भिडियो फेसबुकमा अपलोड गरेका छन् । त्यसपछि युवतीले आफुमाथि भएको कार्यको बारेमा परिवारलाई जानकारी गराइन् ।