जनता टाइम्स

२५ कार्तिक २०७९, शुक्रबार १३:४०

गर्भवती भएको नाटक गर्दा फसाद् : यसरी मृत्युदण्डको भागिदार बनायो


एजेन्सी, २५ कात्तिक । अमेरिकाको एक अदालतले एक महिलालाई हत्याको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ । यी महिलाको कर्म सुनेर तपाईको मुटु काँप्नेछ । क्रूरताको हद नाघेको मुद्दाको अदालतमा सुनुवाइका क्रममा यसलाई ‘राक्षस’को नाम दिइएको थियो ।

अमेरिकाको न्यू बोस्टन निवासी २९ वर्षीय टायलर रैना पार्करले २१ वर्षीय सिमन्स ह्यान्ककको हत्या गरेका थिइन् । हत्या गर्दा ह्यान्कक गर्भवती थिइन् । उनले आमाको पेट च्यातेर बच्चा बाहिर निकालिन् । यहीकारण उनको पनि मृत्यु भयो । ह्यान्ककलाई मृत्युदण्डको सजाय दिन अदालतलाई दुई घण्टाभन्दा कम समय लागेको थियो। अक्टोबर ३ मा रैना हत्या मुद्दामा दोषी ठहर भएका थिइन् ।

पीडितकी आमा जेसिका ब्रुक्सले रैना पार्करलाई राक्षस भनेकी थिइन् । उनले भनिन्, ‘तिमीले मेरी छोरीको पेट जिउँदै च्यात्यौ र बच्चालाई पेटबाट निकाल्यौं।’ हत्याका बेला १९ वर्षकी सिमन्सकी बहिनीले अदालतमा भनिन्, ‘मेरी एउटी दिदी मात्रै थिइन्, मबाट के खोसियो भन्ने थाहा छैन । अब हामीले उनको जन्मदिन मनाउन सक्दैनौं । ऊ मेरो बिहेमा कहिल्यै आउनेछैन । यदि म मेरी बहिनीलाई भेट्न चाहन्छु भने, म अहिले उनको चिहानमा जानुपर्छ।’

रैना पार्करले सिमन्सको टाउकोमा ह्यामरले हिर्काइन र कम्तिमा १०० पटक छुरा प्रहार गरिन्। पछि पेट काटेर बच्चालाई निकालेर अपहरण गरिन् । अन्ततः उनको बच्चाको मृत्यु भयो । वास्तवमा पार्करले आफ्नो गर्भावस्थाको खबर १० महिनाअघि फैलाएकी थिइन् । यसका लागि उनले पूर्ण तयारी गरेका थिइन् । उनले करिब १० महिना अनलाइन अनुसन्धान गरेकी थिइन् ।

उनले आफूलाई गर्भवती देखाउनको लागि नक्कली सिलिकन बेली पनि लगाइन् । उनले सामाजिक सञ्जालमा नक्कली अल्ट्रासाउन्डमार्फत यसबारे बताएकी हुन् ।

पार्करले यो सबै एक बच्चाको लागि गरेकी थिइन् । पार्कर आमा बन्न चाहन्थिन तर शल्यक्रिया गरेर उनको पाठेघर निकालिएको छ, जसका कारण उनी आमा बन्न सक्दिनथिन् । पार्कर आफ्नो प्रेमीलाई आफूसँग राख्न चाहन्थिन् र त्यसैले उनले गर्भवती भएको कुरा गरिन् ।

उनी सिमन्सको बच्चालाई बाहिर निकाल्न र सारा संसारलाई आफ्नो बच्चाको रूपमा देखाउन चाहन्थिन् । तर यो घटनापछि उनी पक्राउ परेकी थिइन् ।