जनता टाइम्स

२६ कार्तिक २०७९, शनिबार १७:३८

आफ्नै पतिले योनीमा खुर्सानी कोचिदिएपछि . . .


एजेन्सी, २६ कात्तिक । छोरी जन्माउने विषयमा श्रीमान्–श्रीमतीबीच झगडा हुँदा श्रीमानले श्रीमतीको गुप्तांगमा रातो खुर्सानी कोचिदिएका छन् । गाउँलेहरूले पर्खाल भत्काएर महिलालाई श्रीमानको चंगुलबाट उद्धार गरेका थिए । प्रहरीले श्रीमानलाई पक्राउ गरी महिलालाई अस्पताल भर्ना गरी उपचार गराएको छ ।

थाना टिकैतनगरको अरुवा गाउँमा एक व्यक्तिले श्रीमतीसँग रिसाएर मुखमा कपडा ठुसिदिएर कुटपिट गरेका छन् । उनको गुप्तांगमा रातो खुर्सानी कोचिदिएका छन् । महिलाको उजुरीमा मुद्दा दर्ता गरेपछि प्रहरीले उनको स्वास्थ्य परीक्षण गराएको छ ।

श्रीमानले झुन्ड्याएर मार्ने प्रयास गरेको महिलाको भनाइ छ । आवाज सुनेर गाउँलेहरूले पर्खाल भत्काएर महिलाको ज्यान बचाएका थिए । घटना नोभेम्बर १० गते भएको थियो, प्रहरीले शनिबार मुद्दा दर्ता गरी आरोपीलाई पक्राउ गरेको थियो ।

इन्चार्ज इन्स्पेक्टर कोतवाल सन्तोष सिंहले घटनालाई गम्भीरतापूर्वक लिएर आरोपित श्रीमानविरुद्ध मुद्दा दर्ता गरिएको बताए । महिलालाई स्वास्थ्य परीक्षणका लागि पठाइएको छ । रिपोर्ट आएपछि थप कारबाही हुनेछ । श्रीमानलाई पक्राउ गरी जेल चलान गरिएको छ ।

सिद्धौर निवासी ती महिलाको सन् २०१४ मा विवाह भएको थियो । बिहेदेखि नै दाइजोको माग गर्दै श्रीमानले उनलाई लगातार मानसिक तथा शारीरिक यातना दिँदै आएका थिए । श्रीमानले चरित्र हत्याको आरोप पनि लगाएको महिलाले बताइन् ।

विवाहपछि उनका तीन छोरी भए तर जेठी छोरीको मृत्यु भयो । छोरी जन्माएकोमा श्रीमान लगातार रिसाउनुहुन्थ्यो, त्यसैको लागि गिल्ला गर्ने र पिट्ने गर्थे । दुवै छोरीलाई लिएर मामाघर गएकी महिलाले बताइन् ।