जनता टाइम्स

२१ श्रावण २०७६, मंगलवार ११:२७

चावहिल–चुच्चेपाटी सडक निर्माण नभएपछि स्थानीयबासी पुन आन्दोलनमा


काठमाडौं, साउन २१

चावहिल–चुच्चेपाटी सडक निर्माण नभएको भन्दै स्थानीयबासी पुन आन्दोलनमा उत्रिएका छन् । सो सडक निर्माण गर्ने पटक पटक सहमति भएपनि लत्याएको भन्दै स्थानीयबासी स्वसफूर्त रुपमा सडकमा आएर नाराबाजी गरेका छन् । समयमा नै बिस्तार गरिएको सडक तथा ढल निर्माणको काम नसकाएको भनेर स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी नरेन्द्र चन्दका अनुसार बिहान १० बजे डेढ(दुई सय स्थानीय जम्मा भएर सडकमा नाराबाजी गरिरहेका छन्। उनीहरुले समयमा काम नसकाउने ठेकदारलाई कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन्।