जनता टाइम्स

२१ श्रावण २०७६, मंगलवार १३:३१

काठमाडौंबाट समातिए बिप्लवका तीन प्रभावशाली नेता


काठमाडौं, साउन २१ । काठमाडौंको बत्तीसपुतलीबाट प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) समूहका तीन जना केन्द्रीय नेता पक्राउ परेका छन । पक्राउ पर्नेमा केही दिनअघि मात्रै केन्द्रीय सदस्यबाट हटाइएका डम्बरबहादुर विक, वैकल्पिक केन्द्रीय सदस्य मकरध्वज गुरुङ र महिला नेतृ उमा गुरुङ रहेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले बिप्लवका तीन जना प्रभावशाली नेतालाई पक्राउ गरेको हो । पार्टीको रणनीति बनाउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनीहरुपार्टी रणनीति र चन्दाको योजना बनाइरहेको बेला पक्राउ गरिएको हो । सरकारले फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि सात सय बढी नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् ।

प्रहरीले विप्लव समूहका नेता–कार्यकर्ता खोज्न ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाउँदै आएको छ । यसक्रममा बिप्लव समुहका थुप्रै नेता कार्यकर्ता पक्राउ परिसकेका छन । पक्राउ परेको कार्यकर्ताहरुले सोसमुह त्यागेको कागज गरी छुटदै आएका छन ।