जनता टाइम्स

२२ श्रावण २०७६, बुधबार ०८:४४

स्वराजको निधनले प्रधानमन्त्री ओली स्तब्ध


काठमाडौं, साउन २२

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधनमा दुःख व्यक्त गर्नुभएको छ । सिंगापुरमा उपचाररत प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा ट्विट गर्दै उक्त समाचारले आफू स्तब्ध भएको बताउनु भएको छ ।

‘म सम्झन्छु कि उहाँले मलाई आत्मीयताका साथ भाइ भनेर बोलाउने र आत्मीयता साथ भावना व्यक्त गर्ने क्षमतावान नेता हुनुहुन्थ्यो’, प्रधानमन्त्रीले भन्नुभएको छ । प्रधानमन्त्री ओलीले स्वराजको निधनले भारतीय सरकार, शोकसंतप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।