जनता टाइम्स

२२ श्रावण २०७६, बुधबार ०८:५०

माइतीघरमा राखिएको बम सेनाद्वारा निस्क्रिय


फाइल फोटो

काठमाडौं, साउन २२

काठमाडौंको माइतीघर मण्डलामा फेला परेको सकेट बम नेपाली सेनाले निस्क्रिय बनाएको छ । माइतीघर मण्डलास्थित सेन्टजेभियर्स कलेज अगाडि बुधबार बिहानै सकेट बम फेला परेको महानगरीय पहरी परिसरका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

बम भेटिएलगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय पारेको हो । बम कसले राख्यो भन्ने अहिलेसम्म खुलेको छैन । विगतमा बमसँगै पर्चा भेटिने गरे पनि माइतीघरमा त्यस्ता केही पनि फेला नपरेको प्रहरीले जनाएको छ । बम राखेको स्थान नेपाली सेनको मुख्यालय भद्रकाली केही मिनेटको दूरीमा रहेको छ। सकेट बम भेटिएलगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय पारेको थियो ।