जनता टाइम्स

४ मंसिर २०७९, आईतवार ०६:३४

विश्व इतिहासमा आज के भयो ?


एजेन्सी, ४ मंसिर । आज २० नोभम्बर २०२२ । प्रस्तुत छ इतिहासमा आज भएका केही विश्व घटना

अन्तर्राष्ष्ट्र्यि वालदिवस
सन् १९५९– संयुक्त राष्ट्र संघको महासभाद्वारा विश्वभरका बालबालिकाको अधिकारलाई स्थापित गर्ने दस्तावेज पारित भएको थियो । यो दिनलाई हरेक वर्ष

विश्व बाल दिवसको रुपमा पनि मनाइन्छ ।

लियो टोलस्टोयको जन्म
आजकै दिन विश्वप्रसिद्ध रुसी साहित्यकारको निधन भएको थियो । निमोनियाबाट पीडित रुसी लेखक लियो टोलस्टोयको सन् १९१० मा अस्टापोभोको रेलवे स्टेसनमा हृदयघातका कारण निधन भएको थियो ।

बेलायतमा भीषण आगलागी
सन् १९९२मा बेलायतको विन्डसर क्यासलमा भीषण आगलागी भएको थियो । आगलागीमा ५ करोड पाउन्ड बराबरको क्षति भएको थियो । आगो
निभाउन घन्टौँ समय लागेको थियो ।

अन्तरिक्ष स्टेसन जर्याको पहिलो मोड्युल सुरु
सन् १९९८मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जर्याको पहिलो मोड्युल सुरु भएको थियो ।