मस्को, मंसिर ७ । रुसी फुटबलर अलेक्सान्डर कोकोरिनले सन् २०१५ मा १६ घण्टे सहबास म्याराथनको प्रस्ताव पाएको खुलेको छ। पोर्नस्टार एलिना येरेमेन्कोले त्यो सिजन उनले १० गोल गरे पोर्न व्यवसायमा १६ घण्टा लामो म्याराथनको अवसर पाउने अफर गरेकी थिइन्।
एलिना हेन्नेसीको नामले परिचित पोर्नस्टारले फुटबल खेलाडी रेटिङ गर्ने अन्तर्वार्ताका क्रममा कोकोरिनलाई १० मा १० दिँदै २०१५ मा भएको त्यो घटना बाहिर ल्याएकी हुन्। सन् २०१५ मा उनी डिनामोबाट खेल्दै थिए।
उनले अन्तर्वार्तामा भनेकी छन, ‘रसियन सुपर लिग सकिनुअघि कोकोरिन १० गोल गर्न सफल भए, धन्यवाद स्वरुप मैले उनीसँग १६ घण्टा लामो सहबास म्याराथनको बाचा गरेकी थिएँ ।’
कोकोरिनको बारेमा धेरै शब्द खर्चिएकी एलिनाले ‘राम्रा केटाहरु धेरै हुने भएकाले फुटबल र पोर्न उस्तै’भएकोसमेत दाबी गरिन्।
प्रतिक्रिया दिनुहोस्