जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार १७:०९

युवाको लिंग युवतीको शरीरमै चुँडिएर टाँसिएपछि


एजेन्सी, ९ मंसिर । एक युवक र युवतीको अन्धविश्वासको फाइदा उठाउँदै राजस्थानका एक तान्त्रिकले उदयपुर जिल्लाको जंगलमा खुलामा सेक्स गर्न बाध्य पारेका छन् । यसपछि उनीहरूमा फेभिक्विक हालिदिएका छन् ।

उनीहरु आपसमा अड्किएपछि ती तान्त्रिकले चक्कु र ढुंगाले प्रहार गरी हत्या गरेका थिए । दुवैले छुट्टिन खोज्दा पुरुषको लिंग शरीरबाट छुट्टिएर महिलाको शरीरमा टासिएको टाँसियै भएबाट घटनाको गम्भीरताको अनुमान लगाउन सकिन्छ । दुवैको मृत्युपछि उनीहरुको शव जलाउने प्रयास पनि भएको थियो । अभियुक्त पक्राउ परेका छन् ।

आधा जलेको शव देखेर गाउँले छक्क परे
वास्तवमा, जब गाउँलेहरूले जंगलमा एक युवती र एक युवकको आधा जलेको शव देखे, उनीहरू छक्क परे। यसबारे प्रहरीलाई जानकारी गराए । प्रहरीले घटनास्थलबाट युवकको मोबाइल फोन भेट्टाएपछि उनको पहिचान खुल्न सकेको थियो । ती युवक पलोदा निवासी हेड हवल्दार चतर सिंहका छोरा राहुल मीना रहेको खुलेको छ । जो आडवास गाउँको सरकारी विद्यालयमा शिक्षक थिए ।

अनुसन्धानमा राहुल विवाहित र दुई छोरीका पिता भएको खुलेको छ । युवती डिभोर्सी थिइन् । उनी भाडामा एक्लै बस्दै आएकी थिइन् । गोगुन्डा थानाको प्रहरीले दुवै मोबाइल नम्बरको कल डिटेल जाँच गर्दा ती युवती तान्त्रिक भलेश जोशीसँग दिनहुँ घन्टौं कुरा गर्ने गरेको पाइएको थियो ।

उदयपुरका भालेश जोशी तन्त्र–मन्त्रबाट मानिसको उपचार गर्ने गर्छन् । उनले गोगुंडा क्षेत्रमा आश्रम पनि खोलेका छन्, जहाँ धेरै मानिसहरु उनलाई भेट्न आउने गरेका छन् ।

तान्त्रिकको युवतीसँग पनि सम्बन्ध थियो
एउटै आश्रममा युवक र युवतीको पहिचान भएको थियो, जुन पछि प्रेममा परिणत भयो । युवतीको तान्त्रिक भलेशसँग पनि सम्बन्ध रहेको बताइएको छ । उनले राहुलसँग मिलेर तान्त्रिकलाई ब्ल्याकमेल गरिरहेकी थिइन् । अर्कोतर्फ दुवै तान्त्रिकबाट मोहनी लगाउने मन्त्र सिक्न चाहन्थे ।

यही कुरालाई लिएर तान्त्रिकले दुवैलाई उबेश्वरजीको जंगलमा बोलाए । तीनैजना बाइकबाट त्यहाँ पुगे । तान्त्रिकले उनीहरूलाई मोहनी मन्त्र सिकाउनुअघि खुला ठाउँमा यौनसम्पर्क गर्न बाध्य पारे।

उनीहरु यौनसम्पर्क गरिरहेका बेला तान्त्रिकले आफूले पहिले साथमा ल्याएकोको फेभिक्विक हानेका थिए । शरीरमा फेभिकिक खस्ने बित्तिकै उनीहरू अड्किए र आँखामा फेविक्विक लागेर तड्पिन थाले ।

लिंग चुँडियो
जब दुवैले एकअर्काबाट अलग हुने प्रयास गर्न थाले, तब उनीहरूको छाला च्यातियो । राहुलको लिंग उनको शरीरबाट छुट्टियो । यसैबीच तान्त्रिकले चक्कु र ढुंगा प्रहार गरी दुवैको हत्या गरे । तान्त्रिकले मालाको झोलामा आधा लिटर फेभिक्विक लुकाएर ल्याएका थिए । तान्त्रिक भलेशले फेभिक्विकको १० एमएलको ५० पाउच किनेको बताएका छन् ।

उनले ती फेविक्विकबोतलमा जम्मा गरिएको थियो। बोतल मालाको झोलामा लुकाइएको थियो। फेभिक्विकबाट बच्न उनले आफ्नो हातमा पञ्जा लगाएका थिए तर फेभिक्विकका कारण उनको हातका छाला च्यातिएको आरोपितले बताए । जसका कारण उनको हातमा पनि चोट लागेको छ ।