जनता टाइम्स

१४ मंसिर २०७९, बुधबार १५:११

रहेनन चिनियाँ पूर्वराष्ट्रपति जियाङ जेमिन


बेइजिङ, मंसिर १४ । चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ ।

सन् १९८० को दशकको उत्तरार्धदेखि नयाँ सहस्राब्दीमा देशलाई परिवर्तनकारी युगमा डोर्याउने पूर्व चिनियाँ नेता जियाङ जेमिनको बुधबार ९६ वर्षको उमेरमा निधन भएको सिन्ह्वाले जनाएको समाचार एजेन्सी न्यूज कारखानाले जनाएको छ । उहाँ ल्युकेमियालगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट पीडित हुनुहुन्थ्यो ।

तियानमेन स्क्वायर दमनपछि जियाङले सत्ता हातमा लिएर विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशलाई विश्वव्यापी मञ्चमा एक पावर हाउसको रूपमा उभ्याउन नेतृत्व गर्नुभएको थियो ।