जनता टाइम्स

१७ मंसिर २०७९, शनिबार ०६:५०

पोर्चुगललाई हराउँदै अन्तिम १६ मा पुग्यो दक्षिण कोरिया, उरुग्वे बाहिरियो


काठमाडौं, मंसिर १७ । पोर्चुगललाई २–१ गोलले पराजित गर्दै दक्षिण कोरिया समूह ‘एच’ बाट अन्तिम १६ मा प्रवेश गरेको छ ।

एजुकेसन सिटी रंगशालामा सम्पन्न खेलमा दक्षिण कोरियालाई जित दिलाउन ह्वाङ ही चान नायक बने । खेलको निर्धारित समय १–१ को बराबरी भएको खेलमा इन्जुरी समयको पहिलो मिनेटमा चाले गोल गर्दै दक्षिण कोरियाको जित २–१ ले सुनिश्चित गरेका हुन ।

जितसँगै चार अंक जोडेको कोरियाले समान चार अंक भएको उरुग्वेलाई ‘फएर प्ले’ का आधारमा पछि पार्दै अन्तिम १६ मा स्थान पक्का गर्यो । समूह ‘एच’ को अर्को खेलमा घानालाई २–० गोलको नतिजमा पराजित गरेपनि ‘फेयर प्ले’ मा पछि परेको उरुग्वे बाहिरिएको छ । पोर्चुगल यसअघिनै लगातार दुई खेलमा जित निकाल्दै अन्तिम १६ प्रवेश गरेको थियो ।

सन् २००२ को विश्वकपमा चौथो भएको दक्षिण कोरिया त्यसपछिका संस्करणमा २०१० पछि पहिलो पटक अन्तिम १६ मा पुगेको हो । उरुग्वे २० वर्षपछि पहिलो पटक समूह चरणबाटै बहिरिएको हो । यसअघि सन् २००२ को विश्वकपमा उरुग्वेले समूह चरण पार गर्न सकेको थिएन ।