जनता टाइम्स

१७ मंसिर २०७९, शनिबार ११:४८

बेलायती राजकुमार विलियम र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता


न्युयोर्क, १७ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका राजकुमार विलियमबीच बोस्टनमा भेट भएको छ । अर्थशट पुरस्कार समारोहमा सहभागी हुन प्रिन्स विलियम आफ्नी पत्नी केटसँगै बोस्टनमा पुगेका थिए । संयोगवश बाइडेन पनि डेमोक्रेटिक पार्टीको कोष संकलन कार्यक्रममा भाग लिन बोस्टन शहरमा पुगेका थिए ।

उनीहरुबीच करिब आधाघन्टा भेटवार्ता भएको थियो । उनीहरुबीच अनौपचारिक कुराकानी पनि भएको थियो । बेलायतको सिंहासनको उत्तराधिकारी विलियम जोन एफ केनेडी पुस्तकालय र संग्रहालय बाहिर ओभरकोट बिना हिड्दा बइडेनले चिसो मौसमबारे ख्याल गर्न बताउनुभएको थियो ।

बाइडेनले राजकुमार विलियमसँग आगामी दिनमा पनि ‘समय विताउन तत्पर रहेको’, ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन–पियरले बताउनुभयो । विलियमसँग भेट गरेपछि बाइडेन फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको लागि व्हाइट हाउसमा आयोजित रात्रिभोजमा सहभागी हुनुभएको थियो ।