जनता टाइम्स

१७ मंसिर २०७९, शनिबार १२:४५

रुसी हमला प्रतिकार गर्न युरोप अमेरिकामा निर्भर हुनु परेको छ : फिनल्यान्डकी प्रधानमन्त्री


सिड्नी, १७ मंसिर । फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले रुसले युक्रेनमाथि गरेको आक्रमणको सामना गर्न युरोप ‘यति बलियो’ नभएको र अमेरिकाको समर्थनमा भर पर्नु पर्ने बताउनुभएको छ । अष्ट्रेलियाको भ्रमणको क्रममा प्रधानमन्त्री मारिनले युरोपको प्रतिरक्षा बलियो बनाउनुपर्ने बताउनुभयो ।

‘म तपाईंसँग निर्दयी रूपमा इमानदार हुनुपर्दछ, युरोप अहिले पर्याप्त बलियो छैन,’ उहाँले भन्नुभयो,‘संयुक्त राज्य बिना हामी समस्यामा हुनेछौं ।’ अमेरिका युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहायता प्रदान गर्ने देश हो । फेब्रुवरीमा युद्ध सुरु भएदेखि, रुसले युक्रेनलाई ठूलो मात्रामा सैन्य सहयोग गरेको छ । त्यस्तै, दोस्रो ठूलो दाता इयु हो भने तेस्रो बेलायत हो ।