जनता टाइम्स

२३ श्रावण २०७६, बिहीबार १५:५५

छोरीसँग यौन सम्पर्क गरिरहेको दृष्य बाबुले देखेपछि..


ओखलढुंगा, साउन २३ । किशोरीमाथि बलात्कारको अभियोगमा प्रहरी जवान पक्राउ परेका छन् । प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका हुन् । सप्तरी घर भएका यादवले १८ वर्षीय एक किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यादवले जंगलमा घाँस काट्न गएकी किशोरीलाई मंगलबार जबरजस्ती करणी गरेको पीडितको आरोप छ । यादवले करणी गरिरहेका बेला किशोरीका बुवाले देखेपछि घटना बाहिर आएको हो । प्रहरीले जंगलमा किशोरीलाई करणी गरेको घटना बाहिरिएपछि स्थानीयले प्रहरी चौकी घेराउ गरेका थिए । चौकी तोडफोडको स्थिती आएपछि पीडित र आरोपित प्रहरीलाई जिल्ला प्रहरी कार्यालय झिकाइएको छ ।

पीडितले महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय पुगेर मुद्दा दर्ता गराएकी छिन् । प्रहरीका अनुसार प्रहरी जवान यादवले यस अघि जङ्गलमै घाँस काट्न गएको समयमा श्रावण दुई गते पनि किशोरीलाई आश्वासन दिएर यौन सम्पर्क राखेको खुलेको छ । पीडितले किटानी जाहेरी दिएपछि यादवलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

‘घटनाको प्रकृती हेर्दा सहमतीमा यौन सम्पर्क भएको र किशोरीका बुबाले देखेपछि आवाज उठाएको जस्तो देखिन्छ,’ जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले भन्नुभयो । उहाँले सहमतीमै भएपनि सुरक्षामा खटिएको प्रहरीले त्यसो गर्नुहुँदैन थियो । मल्लका अनुसार पटक–पटक दुवैजनाले फोन सम्पर्क गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाले सहमतीमै यौन सम्पर्क भएको देखिन्छ ।