जनता टाइम्स

२१ मंसिर २०७९, बुधबार १८:१७

नेपालमा पोलियो भाइरस खोपको क्लिनिकल ट्रायल गर्न दिइने


काठमाडौं, २१ मंसिर । सरकारले नेपालमा पोलियो भाइरस खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । अनुमतिसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत सो खोपको क्लिनिकल ट्रायल हुने भएको हो ।