रियो दि जेनेरियो, २५ मंसिर । ब्राजिलयन फुटबलर नेयमारले क्रोएसियासँगको पेनाल्टी सुटआउटमा पराजितसँगै आफ्नो टोली २०२२ को विश्वकपबाट बाहिरिँदा आफू ‘मानसिक रूपमा क्षतविक्षत’ भएको बताउनुभएको छ । शुक्रबार क्वार्टर फाइनलमा पेनाल्टी सुटआउटमा क्रोएसियाले ब्राजिललाई ४–२ को गोल अन्तरले पराजित गरेको थियो ।
‘म मनोवैज्ञानिक रूपमा क्षतविक्षत भएको छु’, नेमारले इन्स्टाग्राम पोस्टमा लेख्नुभयो, ‘यो पक्कै पनि पराजय हो जसले मलाई सबैभन्दा बढी चोट पुर्योयो । जसले मलाई प्रतियोगितापछि १० मिनेटसम्म पक्षाघात गरायो । त्यसपछि रोक्नै नसक्ने गरी आँखाबाट आँशु चुहियो । ’
उहाँले अगाडि लेख्नुभएको छ,‘दुर्भाग्यवश यसले धेरै लामो समयसम्म चोट दिनेछ ।’ उहाँको पोस्टलाई १ करोड ८८ लाखले लाइक गरेका छन् । नेमारले जारी कतार प्रतियोगिता आफ्नो अन्तिम विश्वकप हुनसक्ने संकेत गर्नुभयो ।
उहाँ कूपे डु मोन्डेमा अर्को पतियोगिताका लागि ब्राजिलियन टोलीमा फर्किनेबारेमा अनिश्चित हुनुहुन्छ । यसैबीच, नेमारको भावनात्मक इन्स्टाग्राम पोस्टको जवाफमा ब्राजिलियन फुटबल लिजेन्ड पेलेले उहाँलाई ‘निरन्तर प्रेरणा बन्न’ आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्