धरान, साउन २४
नेत्रविक्रम चन्द (विप्लव) समुहका कोसी ब्यूरो प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रवेश गरेका छन् । पूर्वसभासद समेत रहेका विप्लव समुहका केन्द्रीय सदस्य किरणकुमार राई नेकपामा प्रवेश गरेका हुन ।
उनले आफुले विप्लव पार्टीको राजनीति छोडेर सत्तारुढ नेकपामा प्रवेश गरिसकेको बताउनु भयो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापासँगको कुराकानीपछि आफु नेकपा प्रवेश गरेको राईले प्रष्ट पार्नुभयो । यद्यपी विशेष कार्यक्रम नै गरी उहालाई पार्टीमा ल्याइने नेकपा स्रोतले जानकारी दिएको छ ।
माओवादी युद्धमा ब्रिगेड कमाण्डर समेत रहेका राई शान्ति प्रकृयापछि २०६४ को पहिलो संविधानसभा निर्वाचनमा सुनसरी–१ बाट सभासद भएका थिए । धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा एमाले नेता मनोज मेन्याङ्वोलाई पराजित गरेपछि राई चर्चामा आएका थिए ।
प्रतिक्रिया दिनुहोस्