जनता टाइम्स

२४ श्रावण २०७६, शुक्रबार १९:४८

अध्यक्ष खडकाको भनाईप्रति वडाध्यक्ष बोहोराको कडा प्रतिवाद, पुष्टि गर्न चुनौती


काठमाडौं, साउन २४ । लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष सुभाश बोहोराले आफू अध्यक्ष गोबिन्द खडकाको हत्या योजनामा लागेको भन्ने भनाईप्रति कडा आपत्ति जनाउनु भएको छ । राजनीतिक संस्कारमा हुर्किएको र भ्रष्टाचारबिरोधी अभियानमा लागेको आफू जस्तो ब्यक्तिबाट हत्या वा अपहरण जस्तो घृणित र आपराधिक काममा संलग्नता त परै जावस, सोच्न पनि नसकिने बिषय भन्दै बोहोराले आपत्ति जनाउनुभएको हो ।

दुई करोड नदिए ज्यान मार्ने धम्की दिने रामेछापकै मिलन तामाङलाई प्रहरीले गोली हानी काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेपछि सो गाउँपालिकाका अध्यक्ष खडकाले वडाध्यक्ष बोहोराको योजनामा आफूलाई ज्यान मार्ने प्रयाश भएको र मिलनलाई यस्तो काम गर्न लगाउने योजनाकार बोहोरा नै भएको बताउनु भएको थियो । खडकाको सो भनाईप्रति बोहोराले बिज्ञप्ती नै जारी गरेर आपत्ति जनाउनु भएको हो ।

यस्तो छ बोहोराको बिज्ञप्ती

प्रस्तुत बिषयमा रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काको भनाई उदृत गर्दै ‘वडा अध्यक्षले नै बनाए गाउँपालिका अध्यक्षको हत्या योजना शिर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । लिखु तामाकोसी गाउँपालिकाभित्र विगत केही समय पहिलादेखि नै केही समस्याहरु देखिएका र हाल बजेट समेत ल्याउन नसकिएको व्यहोरा सबैमा जानकारी नै छ । लिखु तामाकोसी गाउँपालिका वडा नं. १ दुरागाउ ँविद्युतिकरणका सन्दर्भमा विनियोजित बजेटको पारदर्शितामाथि कार्यपालिका सदस्यहरुले आशंका गरी विगत बर्षको बजेट अनुगमन पश्चात नयाँ बजेट बिनियोजन गर्ने वहुमत सदस्यहरुको प्रस्ताव रहेको र अनुगमनन गरी बजेट तुरुन्त बिनियोजित गर्नु पर्ने अध्यक्षको प्रस्तावमा सहमति नभएकोले कार्यपालिका बैंठकमा वडाध्यक्ष सुवास बोहरा र प्रमुख प्रशासकीय अधिकृतमाथि अध्यक्षले कुर्सी प्रहार गरी आक्रमणको प्रयास गरेको र हालसम्म कार्यपालिका बैंठकसमेत बस्न नसकेको यथार्थ सबैलाई अवगतै छ ।

यस सन्दर्भमा सम्बन्धितमाथिल्लो तहमा समेत १५ जना कार्यपालिका सदस्यहरुमध्ये १२ जना सदस्यहरुले शान्ति, सुरक्षा र विद्युत योजना अनुगमनका लागि उजुरी निवेदन समेत पेश गरेको थियो । आज एक्कासी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काको हवला दिँदै सम्लग्नै नभएको घटनामा जोडी चरित्र हत्या गर्ने उद्देश्यले वडा अध्यक्षको योजनामा अध्यक्षको हत्या योजना भन्ने समाचार सम्प्रेषण भएकोप्रति दुःख प्रकट गर्दै राज्यको चौथो अंग जस्तो पत्रकारिता क्षेत्रले यथार्थ र सत्य नखोजिए कपक्षीय समाचार सम्प्रेषण गरकोमा दुःख व्यक्त गर्दै आगामी दिनमा यस्तो नगर्न अनुरोध गर्न चाहन्छु ।

मैले प्राप्त गरेका यो राजनीतिक उचाई निष्ठा आदर्श, लगनशीलता र त्यागले प्राप्त गरेको हुँ । यसरी आफुले गरेका अनियमितता र आचरण विपरितका बिषय बस्तुलाई ढाकछोप गर्ने उद्देश्यले वदनियतपूर्वक कल्पना गर्न पनि नसकिने निकृष्ट र घिनलाग्दो आरोपको भ्रममा नपर्न पार्टी पंक्ति, आमशुभचिन्तक, जनसमुदायहरुमा अपिल गर्न चाहन्छु । बिना प्रमाणका यस्ता झुट्टा र कपोकल्पित आरोपको घोर निन्दा र भत्सना गर्दै आरोपको पुष्टि गर्न सम्बन्धित पक्षलाई चुनौती दिन चाहन्छु । उक्त घटनाको निष्पक्ष छानविन गरी आवश्यक कारवाही गर्न नेपाल सरकार र म आवद्ध रहेको पार्टी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) संग जोडदार माग गर्दछु । साथै म यस्ता कपोकल्पित र झुट्टा आरोपबाट कत्ति पनि विचलित नभई यो धर्तिमा रहुन्जेल अनियमितता, विकृति, विसंगति, भ्रष्ट्राचार, घुसखोरी, अन्याय र अत्याचारको विरुद्धमा लडिरहने प्रतिवद्धता समेत व्यक्तगर्दछु ।

शुभास बोहरा
वडाध्यक्ष, लिखु तामाकोसी गाउँपालिका
वडा नं. ७, तिल्पुङ्ग
मितिः २४ श्रावण, २०७६ ।