जनता टाइम्स

२५ श्रावण २०७६, शनिबार ०९:०९

काठमाडौंका नगरपालिकामा नेकपाको एकता टुंगियो, यस्तो छ कार्यविभाजन


काठमाडौं, साउन २५

नेपाल कम्युनिष्ट पार्टी (नेकपां) काठमाडौं जिल्लाका १० वटा नगरपालिकाले एकता प्रक्रिया टुंगो लगाएका छन् । काठमाडौंका नगरपालिकामा ६०\४० को भागवण्डा गरिएको छ । १० मध्ये ६ नगरपालिका पूर्व एमाले र ४ नगरपालिका पूर्व माओवादीले पाएका छन् ।

पूर्व एमालेको भागमा कागेश्वर मनोहरा, गोकर्णेश्वर, तारकेश्वर, नागार्जुन, चन्द्रागिरी र किर्तिपुर नगरपालिका परेको छ । पूर्व माओवादीले बुढालिनकण्ठ, शंखरापुर, दक्षिणकाली र टोखा नगरपालिकाको नेतृत्व पाएको छ । काठमाडौं जिल्ला कमिटिको दोश्रो पूर्ण बैठकले नगरपालिकाका अध्यक्ष सचिवको टुंगो लगाएको सचिव हिमाल शर्माले जानकारी दिनुभयो । यस्तो छ कार्यविभाजन

पूर्व एमाले

कागेश्व मनोहरा नगरपालिका

अध्यक्षः ज्योतिराम फुयाल

सचिवः भोला चापागाई

तारकेश्वर नगरपालिका

अध्यक्षः लब बस्नेत

सचिवः रामकुमार थापा

किर्तिपुर नगरपालिका

अध्यक्षः विकास महर्जन

सचिवः दिल बहादुर महर्जन

गोकर्णेश्वर नगरपालिका

अध्यक्षः उद्धव विष्ट

सचिवः मन बहादुर तामाङ

चन्द्रागिरी नगरपालिका

अध्यक्षः राजु श्रेष्ठ

सचिवः देवकृष्ण महर्जन

नागार्जुन नगरपालिका

अध्यक्षः नन्दनहरी गौतम

सचिवः युवराज भण्डारी

पूर्व माओवादी

बुढानिलकण्ठ नगरपालिका

अध्यक्षः रविन अधिकारी

सचिवः प्रदीप डंगोल

शंखरापुर नगरपालिका

अध्यक्षः मधु केसी

सचिवः राम कुमार तिवारी

दक्षिणकाली नगरपालिका

अध्यक्षः रामकृष्ण बस्नेत

सचिवः राम ल्हो

टोखा नगरपालिका

अध्यक्षः दिपक बानियाँ

सचिवः सत्य नारायण डंगोल