जनता टाइम्स

२५ श्रावण २०७६, शनिबार ०९:२०

सिंहदरवार प्रहरी वृत्तबाटै दुई कैदी फरार


काठमाडौं, साउन २५

सिंहदरवार प्रहरी वृत्तबाटै दुई कैदी फरार भएका छन् । चोरी अभियोगमा थुनामा रहेका दुई कैदी गएराति फरार भएका हुन् । प्रहरीका अनुसार फरार हुनेमध्ये एक मदन तामाङ रहेको बताइएको छ ।

अर्का एक जनाको भने परिचय खुलाइएको छैन। महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले चोरी अभियोगमा पक्राउ परेका दुई कैदी फरार भएको पुष्टि गर्दै खोजतलास जारी रहेको बताउनु भयो । थप विवरण आउन बाँकी