जनता टाइम्स

२५ श्रावण २०७६, शनिबार १४:५२

खोलामा नुहाउन गएका दुई युवा डुबेर बेपत्ता भएपछि स्थानीयले लगाए स्काभेटरमा आगो


धादिङ, साउन २५ । धादिङको दरिगांल खोलामा डुबेर दुई युवा बेपत्ता भएका छन । आज बिहान १० बजेतिर गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित दरिगांल खोलामा नुहाउन गएका २२ बर्षीय सुमन स्याङ्तान र २१ बर्षीय भीम घलाङ खोलामा डुबेर बेपत्ता भएका हुन ।

उनीहरूसँगै नुहाउन गएका अरु दुईजनाले भने पौडेर ज्यान जोगाएका छन । दुई युवाको डुवेर ज्यान गएपछि आक्रोशित बनेका स्थानीयबासीले खोलामा बालुवा ढुंगा निकाल्न प्रयोग हुँदै आएका दुईवटा स्काभेटरमा आगो लगाइदिएका छन्।

स्थानीयले अरु स्काभेटरमा पनि तोडफोड गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको छ । खोलामा जथाभावी उत्खनन् गरेका कारण यस्ता घटना हुने गरेको स्थानीयबासीको आरोप छ ।