जनता टाइम्स

२६ श्रावण २०७६, आईतवार ०७:५८

मायादेवी गाउँपालिका अध्यक्षको गाडीमा आगजनी


कपिलवस्तु , साउन २६ – नचिनेका मान्छेको समूहले शनिबार राति मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा आगजनी गरेको छ । आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ । कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो ।

सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति १०:३० बजेतिर आगजनी भएको हो ।

आगजनी किन र कसले गर्‍यो भन्ने थाहा नभएको अध्यक्ष चौधरीले बताउनुभयो ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।