जनता टाइम्स

२६ श्रावण २०७६, आईतवार ०८:२३

दाङको बंगलाचुली गाउँपालिकाको पार्किङ गरी राखिएको गाडीमा आगजनी


दाङ, साउन २६  – दाङको बंगलाचुली गाउँपालिकाको गाडिमा अज्ञात समूहले आगजनी गरेको छ । गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनि गरेको हो ।

शनिबार मध्यरातमा रा १ झ १५२ नम्बरको गाडी आगजनी भएको र गाडी पूर्ण रुपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय कमिरचौरले जनाएको छ ।

गाडीमा लागेको आगो ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट सई गोपालप्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएको सई शर्माले बताए । बंगलाचुली गाउँपालिका वडा नम्बर ५ को कार्यालय, मुर्कुटीमा पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको हो ।